गोरखपात्र अनलाइन
काठमाडौं, मंसिर ९ गते । काठमाडौं उपत्यकामा कोरोना भाइरसका ९४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ९४७ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४१० महिला र ५३७ पुरुषमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा १० हजार ८४३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । देशैभरि एक हजार ७९० जना नयाँ सङ्क्रमित पहिचान गरिएका छन् । दुई हजार ७९१ जना निको भएर घर फर्केका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा हाल सात हजार ७४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा ७६ हजार ४४२ जना निको भएका छन् । हालसम्म काठमाडौंमा ३३१ जना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा एक हजार ५८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा दश हजार ८९७ जना निको भएको र ९१ जना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुरमा हाल ६०८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ८७ जनाको मृत्यु भएको छ भने सात हजार ५८८ जना हालसम्म निको भएका छन् ।