logo
२०८२ भाद्र १० मंगलवार



बेलायतमा कोरोनाको पहिलो खोप लगाइयो, आठलाख डोज लगाइँदै

स्वास्थ्य |


बेलायतमा कोरोनाको पहिलो खोप लगाइयो, आठलाख डोज लगाइँदै


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २३ गते । बेलायतमा आम मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम अन्तगर्त पहिलो डोज लगाइएको छ ।
एक ९० वर्षीया महिलामा सो खोप लगाएर उक्त कार्यक्रम थालनी गरिएको हो ।
मारर्गरेट कीनान नामकी ती महिलाको अर्को हप्ता जन्म दिन भएको र उहाँले आफ्नो जन्मदिनको पहिलो उपहारका रुपमा खोप आएको बताउनुभयो ।
फाइजर बायो टेकले विकास गरेको कोरोनाविरुध्दको सो खोप पहिलो चरणमा आठलाख डोज सर्वसाधारणलाई लगाउने कार्यक्रम रहेकाे बीबीसीले जनाएकाे छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?