logo
२०८२ भाद्र ११ बुधवार



इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु

स्वास्थ्य |
प्रदेश |


इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु


समाचारदाता
इनरुवा, पुस २० गते । सुनसरीको इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु गरिएको छ । इटहरी अस्पताल सञ्चालक समितिका अध्यक्ष भूपेन्द्र बरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्नुभयो । इटहरी अस्पतालमा निजी स्वास्थ्य सस्थाहरुको भन्दा करिव आधा अर्थात ६ सय रुपियाँमै भिडियो एक्सरे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा. मनीष शर्माले जानकारी दिनुभयो ।

इटहरी अस्पतालमा आएका बिरामीलाई भिडियोएक्सरेका लागि अन्यत्र पठाउनुपर्ने वाध्यता हटेकोमा वडा नम्वर ९ का वडासदस्य गणेश खत्रीले खुशी ब्यक्त गर्नुभयो ।आफूहरुले जनप्रतिनिधिका रुपमा कार्यकाल सुरु गरे यता इटहरी अस्पतालको स्तरोन्नतिमा उल्लेख्य कार्य गरेको वडा नम्वर ९ का वडाध्यक्ष एवं इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र बरालले दाबी गर्नुभयो ।

अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले इटहरी अस्पतालको सेवालाई सहज वनाउन भिडियो एक्सरे खरिद गरि उपलब्ध गराएकोमा इटहरी उपमहानगर र अस्पताल समितिको नेतृत्वलाई धन्यवाद दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?