logo
२०८२ भाद्र ११ बुधवार



दैलेखमा गर्भवती महिलाको निशुल्क एक्सरे

स्वास्थ्य |
प्रदेश |


दैलेखमा गर्भवती महिलाको निशुल्क एक्सरे
गर्भवतीका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तरगत त्रिवेणी स्वास्थ्य चौकीमा भिडियो एक्सरे गर्न आएका महिलाहरु । तस्बिर कमल शर्मा ।


कमल शर्मा
दैलेख,पुस २५ गते । नारायण नगरपालिकाभित्र रहेको गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो ऐक्सरे कार्यक्रम सञ्चालन गरिएको छ । आर्थिक रुपमा विपन्न रहेका गर्भवतीहरुलाई लक्षित गरेर टोलमै पुगेर निशुल्क भिडियो एक्सरे गरिएको हो । नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखको आयोजनामा गर्भवतीका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तरगत नगरपालिकाको भौगोलिक दूरीका आधारमा टाढा रहेका वडा नं ११,१,५ वडाका १५७ जना गर्भवतीहरूको निःशुल्क भिडियो एक्सेर गरिएको नारायण नगरपालिकाले जानकारी दिएको छ ।

नारायण नगरपालिका स्वास्थ्य शाखा सह संयोजक लाल हादुर खड्काले गर्भवतीका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तरगत नगरपालिकाको भौगोलिक दूरी टाढा रहेकाहरुका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भौतिक दुरी र आर्थिक रुपमा कम्जोर भएका गर्भवतीको निशुल्क भिडियो एक्सरे गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो भिडियो एक्सरे मात्र नभएर गर्भवस्थामा गर्नु पर्ने काम,सरसफाई,खानपिनका लागि आवश्यक पर्ने बस्तुहरुका वारेमा समेत जानकारी दिएका छौ ।

जिल्ला स्वास्थ्य कार्यालयका डा. जीवन ज्ञवाली नेतृवमा गएको टोलीले १७५ जना गर्भवतीको भिडियो एक्सरे गरेको हो । नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले नारायण नगरपालिकामा कुनै पनि बालबालिका अपाङग,कुपोषित नजन्मिउन् खालका कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले नारायण नगरपालिकाले महिला लक्षित कार्यक्रम अन्र्तगत गर्भवती महिला संग उप मेयर कार्यक्रम, असल आमा प्रोत्साहन कार्यक्रम,गर्भवतीको निशुल्क भिडियो एक्सरे जस्ता कार्यक्रम संचालन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो योभन्दा अगाडी जिल्ला भर १४ प्रतिशत बालबालिका कुपोषण र ख्याउटे पना देखिएको र त्यसमध्ये नारायण नगरपालिकाकै बढि भएका कारण आगामी दिनमा त्यस्ता बालबालिका नजन्मिउन भनेर नै विभिन्न कार्यक्रम सञ्चालन गरेका छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?