logo
२०८२ भाद्र ११ बुधवार



तनहुँका दुई पालिका कोरोनामुक्त

स्वास्थ्य |


तनहुँका दुई पालिका कोरोनामुक्त



अमरराज नहर्की
तनहुँ, माघ ७ गते । तनहुँका दुई पालिका कोरोना सङ्क्रमण मुक्त भएका छन् । आँबुखैरेनी र म्याग्दे गाउँपालिका बुधबारबाट मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार घिरिङ, रिसिङ देवघाट गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या न्यून हुन पुगेको छ । ती पालिकामा दुई÷दुई जना मात्रै सङ्क्रमित छन् । तनहुँमा सक्रिय सङ्क्रिमतको सङ्ख्या ५५ मात्रै छ । कोरोना सङ्क्रमणबाट तनहुँमा २४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । तनहुँमा सबैभन्दा धेरै भिमादमा १९ जना सङ्क्रिमत छन् । शुक्लागण्डकी नगरपालिकामा १५ जना, भानु नगरपालिकामा सात, व्यास नगरपालिकामा पाँच+ र बन्दीपुर गाउँपालिकामा तीन जना छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?