logo
२०८२ भाद्र ११ बुधवार



दुई महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामी मर्कामा

स्वास्थ्य |


दुई महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामी मर्कामा


राजन रावत

हुम्ला माघ ११ गते । सर्केगाड गाउँपालिका वडा ६ मा रहेको बराई स्वास्थ्य चौकीमा दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन हुँदा बिरामी मर्कामा परेका छन् । सात जना कर्मचारीको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएको कारण एक जना कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको कारण बिरामी मर्कामा पर्नुभएको हो ।
ग्त मंसिर १५ गतेदेखि कर्मचारी कोही नहुँदा एकजना कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको स्थानीय सेवाग्राही जानकी बुढाथोकीले बताउनुभयो । एक एचए, अनमी दुई, अहेब र कार्यालय सहयोगी एक जना गरेर सात जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी हाल कोही पनि नभएको उहाँले बताउनुभयो । कार्यालय सहयोगी पनि स्थानीय भएकै कारण स्वास्थ्य चौकी कुर्दै आउनु भएको हो । सहयोगी रोकायाले सिटामल बाहेक अन्य औषधी नचिन्ने भएकाृे कारण सेवा लिन पुगेका बिरामीले दुई महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको गुनासो हुदै आएको छ ।
बराई गाउँका स्थानीय बिरामी हुँदा सामान्य उपचारका लागी कोही साढे एक घण्टाको पैदल हिडेर सर्केगाड स्वास्थ्य चौकीमा पुग्ने गरेका छन् भने कोही डेढ दिन लगाएर जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको ६० वर्षीया स्थानीय रन बुढाले गुनासो गर्नुभयो । उहाँले आफु आँखाको विरामी भएर स्वास्थ्यचौकी पुग्दा कोही नभेटेर रित्तै हुनु फिर्ता परेको दुखेसो सुनाउनुभयो । केही महिना अगाडी एक जना एचए सरुवा भएर गएपछि दरबन्दी अनुसार पालिकाले कर्मचारी नपठाउँदा यो समस्या निम्तिएको हो । स्वास्थ्यकर्मी कोही पनि नभएको कुरा गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक सन्तोष धामीले बताउनुभयो । दुई जनाको दरबन्दी रहेको अहेब समायोजन भएदेखि गाउँपालिकाले पठाएको र आन्तरिक श्रोतबाट गाउँपालिकाबाट खटाइएका अनमीहरु म्याद थप नभएकोले पनि समस्या भएको उहाँले बताउनुभयो । वडा र गाउँपालिकामा कुरा चलिरहेकोले समस्या चाँडै समाधान हुने संयोजक धामीले बताउनुभयो । कार्यालय सहयोगी रोकायाले आफु एक्लै भएकाले काम गर्न गारो भएको, सिटामोल बाहेक अन्य औषधि चिन्न नसकेकाले बिरामी आउँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । गाउँमा यतिबेला बिरामीको चाप बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?