logo
२०८२ भाद्र १२ बिहीवार



शिलान्यासको १८ वर्ष पछि सञ्चालनमा आयो ईएनटी अस्पताल

स्वास्थ्य |
प्रदेश |


शिलान्यासको १८ वर्ष पछि सञ्चालनमा आयो ईएनटी अस्पताल
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै डा शंशांक कोइराला । तस्विरः माला कर्ण


माला कर्ण
सप्तरी, फागुन २१ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा काँन, नाक र घाटीे सम्बन्धि अस्पताल सञ्चालनमा आएको छ । शिलान्यास भएको झण्डै १८ वर्ष पछि सो अस्पताल सञ्चालनमा आएको हो। साविकको तिलाठी गाउँ विकास समिति र हालको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ को तिलाठी गाउँमा शुक्रबार देखि विधिवत रुपमा सो अस्पताल सञ्चालनमा आएको हो ।

नेपाली कांग्रेसका नेता समेत रहेका तिलाठी निवासी डा. अनिल कुमार झाको अगुवाईमाा त्यहाँ १८ वर्ष अघि तृप्ती नारायण मेमोरियल ई.एन टी अस्पतालको शिलान्यास भएको थियो । त्यती बेला त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा कार्यरत डा. शंशाक कोईरालाले अस्पतालको शिलान्यास गर्नुभएका थियोे ।

यतिबेला नेपाली कांग्रेसका महामन्त्री रहेका डा. कोईरालाले नै शुक्रवार सो अस्पतालको उदघाटन गर्नुभयो । अस्पतालको उदघाटन गर्दै महामन्त्री डा. कोईरालाले करिब २० वर्ष अगाडि अस्पतालको अवधारणा आपूmले नै अस्पतालका अध्यक्ष डा. अनिल झालाई दिएको स्मरण गर्दै स्थानिय बासिन्दाको चाहना अनुसार छिट्टै आँखा सम्बन्धि सेवा समेत संचालन गरिने बताउनुभयो ।

अस्पतालका महासचिव ई. किशोर कुमार झाले काँन, नाक र घाटी सम्बन्धि बिशेषज्ञ सेवा प्रधान गर्दै अस्पताललाई निकट भविष्यमा तालिम केन्द्रको रुपमा बिकसित गरिने उहाले बताउनुभयो ।अस्पताल संचालनका लागि अध्यक्ष झाको परिबारबाट २ विघा जग्गा उपलब्ध गराईनुको साथै रोटरी फोउण्डेसनबाट अस्पतलाई उपकरण प्राप्त भएको जानकारी समेत उहाँले दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै तिलाठी कोईलाठी गाउँपालिका वडा नम्वर १ का अध्यक्ष दिनेश्वर मिश्रले अस्पताल संचालनमा सहयोग पु¥याउन आफ्नो तर्फबाट १ लाख ५१ हजार नगद सहयोगको घोषणा गर्नुभयो । अस्पतालका जग्गादाता र अस्पताल निर्माणमा सहयोग पु¥याउने डा. शैलेन्द्र कुमार झा, सुगान्द झा, रबिनाथ झा, सैलेश कुमार झा र रविकान्त झालाई नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?