logo
२०८२ भाद्र १७ मंगलवार



चिनियाँ अनुदानको आठ लाख खोप साेमबार काठमाडाैं आइपुग्ने

स्वास्थ्य |


चिनियाँ अनुदानको आठ लाख खोप  साेमबार काठमाडाैं आइपुग्ने
तस्विर साभार–नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्वीटर अकाउन्ट


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको कोभिड बिरुद्धको खोप सोमबार नेपाल आइपुग्ने भएको छ । चीनले सिनोफार्म कम्पनीको आठ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउँदैछ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप नेपालका लागि तयारी अवस्थामा राखिएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा खोप लोड हुँदै गरेको तस्बिर साझा गर्नुहुँदै नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको आठ लाख डोज खोप बेइजिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको बताउनुभएको छ । उहाँले छिट्टै नेपाललाई उक्त खोप हस्तान्तरण गरिने बताउनुभएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिनोफार्म कम्पनीको खोप सोमबार नेपाल आइपुग्ने बताउनुभएको छ । उहाँले अनुदानको उक्त खोप चार लाख ब्यक्तिका लागि पुग्ने बताउनुभयो । नेपालले हाल कोभिशिल्ड खोप प्रयोगमा ल्याएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको दश लाख खोप पहिलो चरणमा अग्रपंक्तिमा खटेकालाई लगाइसकिएको छ ।
स्वास्थ्य मन्त्रालयले पछि भारतको सिरम इन्स्टिच्युटबाटै २० लाख डोज खोप खरिद गरेको छ । जसमध्ये दश लाख खोप नेपाल आइपुगेको छ भने बाँकीको दश लाख आउन बाँकी छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले चीनको सिनोफार्म कम्पनीबाटै खोप खरिदका लागि कुराकानी भइरहेको बताउनुभयो । “कुराकानी भएको छ, खरिद सम्झौता भने भइसकेको छैन् ।”– उहाँले बताउनुभयो । नेपालमा यसअघि प्रयोगमा आएको कोभिडविरुद्धको खोपभन्दा नयाँ प्रकारको खोप रहेकोले खोप नलगाएको ब्यक्तिलाई सिनोफार्मको खोप लगाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?