logo
२०८२ भाद्र १९ बिहीवार



काेराेनाका २६० सङ्क्रमित थपिए, ११३ निको भए

स्वास्थ्य |


काेराेनाका २६० सङ्क्रमित थपिए, ११३ निको भए


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २४ गते । नेपालमा कोरोना भाइरसका २६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २६० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ११३ जना सङ्क्रमित निको भएका छन् । योसँगै दुई लाख ७३ हजार ४५५ जना सङ्क्रमित निको भइसकेका छन् । 

पछिल्लो चौबीस घण्टामा काेही सङ्क्रमितकाे मृत्यु भएको छैन । हिजाेसम्म नेपालमा तीनहजार ३६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?