दीपक ज्ञवाली
बुटवल,चैत ३० गते । बुटवलस्थित कोरोनाविशेष अस्पतालमा उपचाररत दुई जनाकोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला र प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार चैत २३ गते कोरोना सङ्क्रमण भएपछि भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो । यस्तै गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका पुरुषको सोमबार बिहान ५ बजे मृत्यु भएको हो ।
दुवै जनामा निमोनियाको समेत समस्या थियो । बुटवलको कोरोना अस्पतालमा सात जना सङ्क्रमित उपचाररत छन् ।