logo
२०८२ भाद्र १९ बिहीवार



सेती प्रादेशिक अस्पतालमा ७२ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा पोजेटिभ

स्वास्थ्य |
प्रदेश |


सेती प्रादेशिक अस्पतालमा ७२ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा पोजेटिभ


लम्की समाचारदाता
लम्की (कैलाली) चैत्र ३० गते । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार गरीएको परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार सोमबार ७२ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिनेमा ३ महिला १२ पुरुष छन् । जोशीपुरका ३, टीकापुरका २,गोदावरीका २, धनगढीका ४, भीमदत्तका २ , कृष्णपुरका १ र जानकीका १ गरी १५ जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जनाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?