logo
२०८२ भाद्र २३ सोमवार



झुलाघाट नाकाबाट २० दिनमा पाँच हजार भित्रिए, १४ जनामा कोरोना पुष्टि

स्वास्थ्य |


झुलाघाट नाकाबाट २० दिनमा पाँच हजार भित्रिए, १४ जनामा कोरोना पुष्टि
तस्बिरः भारतबाट आउनेको झुलाघाट नाकामा स्वास्थ्य परीक्षण गरिदैं । तस्बिरः गोकर्ण दयाल


गोकर्ण दयाल
बैतडी, वैशाख ३ गते । कोरोनाको दोश्रो कहर फैलिएसँगै नेपाल–भारत जोड्ने झुलाघाट नाकाबाट पाँचहजार नेपाली स्वदेश फर्किएका छन् । एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा स्वदेश फर्किने मध्ये हालसम्म १४ जनामा कोरोना पुष्टि भएको छ ।

एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न स्थापना गरिएको हेल्थ डेक्समा चैत १० गतेदेखि हालसम्म ४४२ जनाको स्वास्थ्य परीक्षण गरिएको हेल्थ डेस्कका इन्चार्ज धर्म बिकले बताउनुभयो ।

ईन्चार्ज विकले भन्नुभयो, “भारतका ठूला सहर दिल्ली, मुम्बै लगायतका ठाउँबाट आउनेहरुको मात्र कोरोना परीक्षण गर्ने निर्देशन अनुसार काम भईरहेको छ । नाकाबाट हालसम्म पाँचहजार नेपाली स्वदेश फर्किएका छन् । ती मध्ये ४४२ जनाको स्वाब सङ्कलन गरेर एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १४ जना सङ्क्रमित भेटिएका छन् ।”

कोरोनाको दोश्रो कहर सुरु भएपछि गत चैत १० गतेदेखि झुलाघाट नाकामै स्वाब सङ्कलन गरेर एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु भएको थियो । भारतमा कोरोना बढिरहेकै बेला भारत गएका नेपालीहरु घर फर्किने बक्रम बढेपछि कोरोना परीक्षण थालिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

भारतबाट फर्किदा कोरोना पुष्टि भएका सबै होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्राद भट्टले बताउनुभयो । सङ्क्रमण पुष्टि भएकाहरुमा कुनै लक्षण नदेखिएकोले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम आईसोलेसनमा राखिएको भट्टले बताउनुभयो ।

कोरोनाको दोश्रो करहसँगै भारतबाट आएका १४ जना, दशरथचन्द नगरपालिका, दोगडाकेदा गाउँपालिका र पञ्चेश्वर गाउँपालिका गरि बैतडीमा कुल १७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी महेन्द्र रावलले बताउनुभयो ।
कोरोनाको सङ्क्रमण बढ्दो अवस्थामा रहेकोले स्थानीय तहको सरकारले समयकमै क्वारेन्टाईन व्यवस्थापन गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?