गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १५ गते । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार २११ पुगेको छ । पछिल्लो चौबीस घण्टामा थपिएका मृतकसँगै कोभिड १९ बाट मृत्युको पुष्टि भएकाको संख्या तीन हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयले चौबीस घण्टामा रिपोर्ट प्राप्त भएको मृत्युको संख्या १७ र २४ घण्टा भित्रमा मृत्यु भएकाहरुको संख्या दश रहेको प्रष्ट्याएको छ ।