logo
२०८१ माघ ७ सोमवार



अक्सिजन सिलिण्डर लुकाएको पाइएमा कारबाही गरिने

स्वास्थ्य |
पढ्नै पर्ने |


अक्सिजन सिलिण्डर लुकाएको पाइएमा कारबाही गरिने


गाेरखापत्र अनलाइन 

काठमाडौं, वैशाख २३ गते । अक्सिजन सिलिण्डर आवस्यकताभन्दा बढी जथाभावी रुपमा लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरी कडा कारबाही गर्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी मन्त्रालयले कोभिड १९ सङ्क्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिण्डरमा कालोबजारी भएको निष्कर्ष निकालेको हो ।

सरकारको निर्णय विपरीत अझै पनि अक्सिजन उद्योगधन्दामा प्रयोग गर्ने गरेको पाइएको मन्त्रालयको अनुगमनमा फेला परेको जनाएको छ । धेरै खाली सिलिण्डर र अक्सिजनसहितका सिलिण्डर भण्डारण गरी राखेको अवस्थामा पाएको भन्दै उद्योगव्यवसायी र सरोकारवालालाई तत्काल कोभिड अस्पताललाई उपलव्ध गराउन परिपत्र गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनुभयो ।

सरकारको निर्णय उल्लङ्घन गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अन्र्तगत कडा कारबाही गर्ने मन्त्रालयले जनाएको छ । यता कोभिड सङ्क्रमित बिरामीहरुले भने अक्सिजन खान नपाएर झन् समस्या खेप्न बाध्य भएका अधिकारीले बताउनुभयो । सरकारले तत्काल विदेशी मुलुकबाट ५० हजार अक्सिजन सिलिण्डर ल्याउने निर्णय गरेको छ भने चीनबाट २० हजार सिलिण्डर ल्याउन प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?