logo
२०८१ माघ २७ आईतवार



सुनसरीको ‘बीपी प्रतिष्ठानमा अक्सिजन अभाव छैन’   

स्वास्थ्य |
प्रदेश |


सुनसरीको ‘बीपी प्रतिष्ठानमा अक्सिजन अभाव छैन’   
फाइल तस्बिर


इनरुवा, जेठ ९ गते ।  सुनसरीको धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव नरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा अक्सिजन पर्याप्त मात्रामा रहेको हुँदा समस्या नदेखिएको जानकारी दिनुभयो ।    
    
अक्सिजन प्लान्टमा समस्या भए पनि बिरामीको उपचारका क्रममा वैकल्पिक व्यवस्था मिलाएर समेत अक्सिजनको सेवा दिन सकिने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।

तत्काल १०० देखि १५० वटा सिलिण्डर अक्सिजन आवश्यक परेका खण्डमा उपलब्ध हुने अवस्था रहेको प्रजिअ ढकालले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?