logo
२०८१ बैशाख १३ बिहीवार

  दृश्य समाचार  



सबैले खोप लगाउने र मापदण्ड पालना गरे तेस्रो लहर नआउन सक्छ

स्वास्थ्य |
पढ्नै पर्ने |


सबैले खोप लगाउने र मापदण्ड पालना गरे तेस्रो लहर नआउन सक्छ


मुकुन्द गैरे,दृश्यमा मनोजरत्न शाही र केशब गुरुङ्ग
काठमाडौं, जेठ १६ गते । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले काठमाडौं उपत्यकामा अवको दुई–तीन हप्ता भित्र कोरोना संक्रमण दर ओरोलो लाग्ने बताउँदै अहिले कोरोना संक्रमणदर स्थिर अवस्थामा रहेको बताउँनुभयो ।


सवैले घरमा बस्दा पनि सामाजिक दूरी कायम गरि अनिवार्य मास्क लगाउनु पर्नेमा उहाँको सुझाव छ । भारतमा विकसित भएको भेरियन्ट पहिलो भन्दा अलि सर्ने सक्ने क्षमता भएको र घातक पनि रहेको पाइएको उहाँ बताउनुहुन्छ । नेपालमा दोस्रो लहरमा संक्रमण छिटो फैलिनुको प्रमुख कारण राजनीतिक गतिविधि, जनस्वास्थ्यको मापदण्ड पालना नगर्नु र मानिसहरुको आवतजावत, धेरैले भ्याक्सिन लगाउन नपाउनु भएको जनस्वास्थ्य विज्ञ पुन बताउनुहुन्छ ।
भ्याक्सिनको व्यावस्था भए तेस्रो लहर आउने सम्भावना कम
भ्याक्सिन र जनस्वास्थ्यका मापदण्ड सवैले पालना गरे तेस्रो लहर आउने सम्भावना कम भएको डा. पुनले बताउनुभयो । तेस्रो लहर सम्म धेरैले भ्याक्सिन लगाउने अवस्था भएमा अहिलेको जस्तो माहामारीको अवस्था नआउने उहाँको आंकलन छ ।
खोप नलगाएका बढि कोरोनाका गम्भिर बिरामी
कोरोना विरुद्वको खोप लगाएका भन्दा खोप नलगाएका बढि विरामी गम्भिर अवस्थामा रहेको पाइएको उहाँले बताउनुभयो । टेकु अस्पतालमा ९० प्रतिशत गम्भिर विरामी खोप नलगाएका पाइएको समेत डा. पुनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण देखा परे पनि उहाँहरुलाई धेरै समस्या नभएको उहाँले बताउनुभयो। पहिलो चरणको संक्रमणमा बढि उमेरका मानिसलाई कोरोना संक्रमण बढि देखिने र मृत्यु दर पनि बढि थियो तर अहिलेको संक्रमणमा बढि उमेरकालाई संक्रमण कम देखिनु प्रमुख कारण कोरोनाको भ्याक्सिन लगाएको कारण भएको आफनो अनुमान रहेको डा. पुन बताउनुहुन्छ । खोप लगाएका मानिसमा ठुलो समस्या देखा परेको पाइएन कोरोना नियन्त्रण लागि खोप पहिलो कुरा भएको उहाँ बताउनुहुन्छ ।
घर भित्र परिवार सँग बस्दा पनि मास्क लगाऔँ
कोरोना संक्रमणबाट आफू र आफनो परिवार र समाजलाई सुरक्षित राख्न बाहिर हिड्दा मात्र होइन घरमा बस्दा पनि मास्क लगाउनु अनिवार्य भएको जनस्वास्थ्य विज्ञ पुन बताउनुहुन्छ । कोरोना संक्रमण कस्लाई छ कस्लाई छैन् भन्ने थाहा हुँदैन सवैमा संक्रमण लक्ष्ण देखा नपर्न पनि सक्छ त्यसैले घरमा बस्दा पनि मास्को प्रयोग गर्नु आवश्यक छ ।
घरमा बस्दा  परिवारमा पनि भीडभाड नहुँने सामाजिक दूरी कायम गर्ने घरको झयालबाट हावा खेल्ने गरि राख्ने सावुन पानीले हात धुने र जनस्वास्थ्यका मापदण्ड पालना गरेमा कोरोनाबाट बच्न सकिने उहाँको विश्वास छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप