logo
२०८१ मंसिर १२ बुधवार



सिन्धुपाल्चोकका आइसोलेसनकाे व्यवस्थापन निकै कमजोर

स्वास्थ्य |
समाज |


सिन्धुपाल्चोकका आइसोलेसनकाे व्यवस्थापन निकै कमजोर
सिन्धुपाल्चोकको एक आईसोलेसन केन्द्र ।


चित्र मिजार
सिन्धुपाल्चोक, जेठ २२ गते । कोरोना भाइरस सङ्क्रमितलाई उपचार गर्न सिन्धुपाल्चोकमा निर्माण गरिएका आईसोलेसनमा सुरक्षा प्रबन्ध कमजोर रहेको जनगुनासो बढेको छ । स्थानीय तह, दलका नेता, र विभिन्न अस्पतालमा स्थापना गरिएको आइसोलेसन मापदण्ड अनुरुप बन्न सकेका छैनन् । शनिबार विहान सदरमुकाम चौतारामा रहेको अस्पतालमा एक सङ्क्रमितलाई समयमा नै राजधानीको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नलगिएको कारण मृत्यु भएको छ ।

राजधानीको सुविधायुक्त अस्पतालमा उपचारका लागि समयमै लगिएको भए ती सङ्क्रमित बाँच्न सक्ने अवस्था रहेको संचारकर्मी बिदुर गिरीले जानकारी दिनुभयो । अस्पतालले एम्बुलेन्स समयमा नै उपलब्ध नगराएका कारण संक्रमितको निधन भएको उहाँले बताउनुभयो

यस्तै, जेठ २० गते राति जुगल गाउँपालिका ५ चनौटेस्थित रत्नराज्य माविमा बनाएको आइसोलेसनका तीन तल्लाबाट हाम फालेर बलेफी गाउँपालिका ६ का एक तामाङ थरका सङ्क्रमितको मृत्यु भयो । सो गाउँपालिकाले सङ्क्रमितलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नसकेका कारण तामाङको ज्यान गएको मृतक परिवारजनले आरोप लगाएका छन् ।

अहिले सिनधुपाल्चोकमा १२ वटै स्थानीय तहले आइसोलेसन बनाएका छन् । दलका नेता तथा कार्यकर्ताहरुले पनि आईसोलेसन बनाएका छन् । तर कुनै पनि आइसोलेसन सरकारी मापदण्डमा निमार्ण नभएको जानकारीमा आएको छ ।

‘हतारमा बेड र अक्सिजन राखिएको छ, न त्यो आइसोलेसनमा डाक्टर र नर्सलगायतका स्वास्थ्यकर्मी छन्, न आवाश्यक औषधी नै छ, बाह्बिसे नगरपालिका ९ राम्चेका नेत्रबहादुर थापाले भन्नुभयो ‘सिन्धुपाल्चोकका आइसोलेसन ‘चरालाई धराप थापेको’ जस्तो मात्रै भयो’ ।
आइसोलेसनमा आवश्यक जनशक्ति, औषधी, अक्सिजन, उपकरण, एम्बुलेन्स, सुरक्षाकर्मी, खानपिन, शौचालय जस्ता आधारभूत मापदण्ड अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयको ध्यान गएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?