logo
२०८१ बैशाख ८ शनिवार

       के हुँदै छ कोभ्याक्सले उपलब्ध गराउने खोप ?   



जुनको मध्यसम्ममा जानकारी दिनुपर्ने दिएन, अन्त्यसम्म आउने आश

स्वास्थ्य |
पढ्नै पर्ने |
राष्ट्रिय |


जुनको मध्यसम्ममा जानकारी दिनुपर्ने दिएन, अन्त्यसम्म आउने आश


बिष्णु पाण्डेय
काठमाडौं, असार ४ गते । विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालले पाउने कोरोना विरुद्धको खोपको अझै टुङ्गो लाग्न सकेको छैन । कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड एक्स्ट्राजेनेकाद्धारा विकसित खोपका केहि डोज उपलब्ध गराउने भने पनि अहिलेसम्म जानकारी नगराएको हो ।  नेपालले खोपका लागि अमेरिका , बेलायत र चीनलगायतका देशसँग वार्ता गरिरहेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलका अनुसार यहि जुनको मध्यसम्ममा जानकारी गराउनुपर्ने भए पनि अहिलेसम्म जानकारी नआएको बताउनुभयो । जुनको अन्त्यसम्ममा कोभ्याक्सले नेपाललाई खोपको बारेमा जानकारी दिन्छ कि भन्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । कोभ्याक्सले कति मात्रा खोप उपलब्ध गराउने भन्ने बारेमा यकिन भई नसकेको उहाँको भनाइ छ । “मलाई विश्वास छ यो जून महिनाभित्रमा कोभ्याक्सले हामीलाई खोप उपलब्ध गराउनेछ र अरु देशको तुलनामा नेपाललाई पनि त्यही अनुपातमा खोप उपलब्ध हुनेछ ”उहाँले भन्नुभयो ।
कोभ्याक्स खोपको फर्मुला कोभिसिल्डको फर्मुलासँग मिल्दोजुल्दो भएका कारण कोभ्याक्स खोप नेपालमा आए लगत्तै प्राथमिकताका आधारमा पहिलो डोज लगाएका व्यक्तिहरुलाई यो खोप दिइने उहाँले बताउनुभयो ।
गत फागुन र चैत महिनामा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका करिब १३ लाख नागरिक दोस्रो खोपको प्रतीक्षामा छन् । भारतसँग सम्झौता भएको बाँकी १० लाख खोप भारतले उपलब्ध नगराए छि पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन समस्या भइरहेको छ ।
डा. पोखरेलका अनुसार भारतसँग सम्झौता भएको खोप भारतले उपलब्ध गराउने जनाए पनि अझै केही समय लाग्न सक्ने उसले बताउँदै आएको छ ।
नेपालले खोपका लागि अमेरिका , बेलायत र चीनलगायतका देशसँग वार्ता गरिरहेको पोखरेलले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?