विष्णु पान्डेय, दृश्यमा मनाेजरन्त शाही/केशब गुरूङ
काठमाडौं, असार १८ गते । पछिल्लो समय कोभिडका कारण बालबालिकाको मष्तिस्कमा सामान्यदेखि गम्भिर खालका असर देखिएको बाल मानोविद् एवम् बाल चिकित्सक डा. रामपुकार शाहले बताउनुभएको छ । पछिल्लो समय कोभिडका कारण बालबालिकाहरु घर भित्र नै बसीरहनु परेका कारण यस्तो हुनेगरेको उहाँले बताउनुभएको छ ।
६ वर्ष मुनिका बालबालिकामा गम्भिर प्रकारका असरहरू देखिने गरेको उहाँको भनाई छ । उनिहरुमा छातिको समस्या , वाकवाकि लागिरहले शरीरको वृद्धि र बिकासमा कमी देखिएको उहाँले बताउनुभएको छ ।
कतिपय बालबालिकामा अटिजम पनि हुनेगरेको उहाँ बताउनुहुन्छ । कोभिडको कारण अटिजम हुने अहिलेसम्म प्रामाणीत नभएपनि कोभिड संक्रमणको कारण यस्तो भएको हुन सक्ने उहाँको भनाई छ ।
यस्तो अवस्थामा अभिभावकहरुले बालबालिकाको बिशेष ख्याल गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बालबालबालिकाको हप्तामा दुई दिन भन्दा वढी निन्द्रमा समस्या आउने, खान मन नै नगर्ने ,एकान्तमा बस्न मन पराउने, खाली रिसाउने जस्ता लक्षणहरु देखिने बित्तिकै तुरुन्त बालमनोचिकित्सक समक्ष राख्न उहाँले आग्रह गर्नुभएको छ ।