logo
२०८१ बैशाख १४ शुक्रवार

  काेभिड संक्रमणमा बालबालिका  



पहिलो लहरमा भन्दा दोस्रो लहरमा दुईगुणा बढी सङ्क्रमित

स्वास्थ्य |
पढ्नै पर्ने |


पहिलो लहरमा भन्दा दोस्रो लहरमा दुईगुणा बढी सङ्क्रमित


कठमाडौं, भदौ २६ गते । कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिका झण्डै दोब्बरले कोरोनो सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार पहिलो लहर सुरु भएको सन् २०२० अप्रिल २० देखि सन् २०२१ मार्चको २१ सम्म १८ वर्ष मुनिका २१ हजार ५२३ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने दोस्रो लहर सुरु भएको सन् २०२१ को अप्रिलदेखि यहि बिहीबारसम्मको तथ्याङ्क हेर्दा ४१ हजार एक सय ७० जना बालबालिका सङ्क्रमित भएका छन् । त्यस्तै, पहिलो लहरमा भन्दा दोस्रो लहरमा कोभिडका कारण मृत्यु हुने बालबालिकाको संख्या पनि वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पहिलो लहरमा कोभिडका कारण मृत्यु हुने बालबालिकाको संख्या ३८ थियो । तर दोस्रो लहर सुरु भएदेखि हालसम्म ४८ जना बालबालिकाको मृत्यु भएको छ । दोस्रो लहरको छ महिनामै ४८ बालबालिकाको मृत्यु भएको देखिएको छ ।

सिभिल अस्पतालका बालरोग विशेषज्ञ डा. सुदर्शन कोइरालाका अनुसार नेपालमा कोरोना भाइरस प्रकोप बढ्दै जाँदा संक्रमित हुने बालबालिकाहरुको संख्यामा पनि वृद्धि भएको उहाँको भनाइ छ । पहिलो लहरको भन्दा दोस्रो लहरको भाइरस बढी संक्रामक भएका कारण पनि बालबालिकाहरु बढी सङ्क्रमित भएको उहाँले बताउनुभयो । बच्चाहरुले कोभिडविरुद्धको खोप नलगाएको कारण पनि बढेको उहाँ बताउनुहुन्छ । नेपालमा हाल कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ । जुन बढी संक्रामक मानिन्छ ।

हालसम्म नेपालमा १८ वर्षभन्दा बढी उमेर समूहमा मात्रै खोप लगाइएको छ । तर, सरकारले १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?