logo
२०८१ मंसिर १४ शुक्रवार



काठमाडौंमा साेमबारबाट भेरोसेलको दोस्रो मात्रा खाेप लगाइँदै

स्वास्थ्य |


काठमाडौंमा साेमबारबाट भेरोसेलको दोस्रो मात्रा खाेप लगाइँदै


काठमाडौं, असोज १ गते । काठमाडौं जिल्लामा यही असोज ४ गते (साेमबार)देखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै छ । शुक्रबार स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई तीन दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा दिइने जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ ।
वडा भित्र तोकिएको ठाउँमा पहिलो खोप लगाएको कार्ड देखाएर दोस्रो मात्रा लगाउन सकिने कार्यालयले जनाएको छ । कीर्तिपुर नगरपालकिामा १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा भेरोसेलको दोस्रो मात्रा लगाइँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?