logo
२०८१ बैशाख २८ शुक्रवार



कोरोना खोपमा पँहुच बढाउन महिला स्वयंसेविका परिचालन

स्वास्थ्य |
प्रदेश |


कोरोना खोपमा पँहुच बढाउन महिला स्वयंसेविका परिचालन


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज १० गते । कोरानाविरुद्धको खोपमा लक्षित समुदायका मानिसलाई खोप केन्द्रसम्म पुगाउन महिला स्वयंसेविका परिचालन गरिएकाे छ ।

विगत दुई दशकदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा समाजिक क्षेत्रमा काम गरिरहेको बहुुउद्देश्यीय विकास समाज डडेल्धुराले यहाँका सातवटै स्थानिय तह र डोटी जिल्लाका वडाहरुमा कोरोना खोपमा सबैको पहुँचका बढाउन महिला स्वयंसेविका परिचालन गरिएको संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर महरले बताउनुभयो ।

उहाँले भन्नुभयो “शारीरिक रुपमा अशक्त, अपाङ्गता भएका मानिस, जेष्ठ नागरिक, साथै खोप केन्द्रसम्म आउन नसक्ने अवस्था भएका मानिसलाई खोपसम्म पहुँच पुगाउन गाउँमा स्वयम्सेविका परिचालन गरेका छौं ।”

विभिन्न आर्थिक, शारीरिक तथा अन्य कारणले कोरोना खोप लगाउन नपाएका मानिसलाई खोप केन्द्रसम्म पुगाउन सहयोग गरी कोरोना माहामारी रोकथाममा बहुउद्देश्यीय विकास समाजले भुमिका खेलेको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले वताउनुभयो ।

डडेल्धुरा र डोटी जिल्लाका ठूला अस्पताललाई कोभिड १९ माहामारी न्युनिकरण तथा उपचार गर्न र पीडित बनेका सर्वसधारण तथा विरामीलाई राहात उपलब्ध हुनेगरी डिस्पोजल ग्लोब्स, स्टेराइल ग्लोव्स, बाईप्याप माक्स, अक्सिजन कन्सिटेटर, भेण्टिलेटरको सर्किट, एण्टिजेन किट्स, पिसिआर जाँच गर्ने किट, पिसिल, हेडक्याप, सुकभर लगायतका अति आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराइएको संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?