logo
२०८१ जेष्ठ ४ शुक्रवार



बागमती प्रदेश प्रमुख शर्मा अस्वस्थ, काठमाडाैंमा उपचार हुँदै

स्वास्थ्य |
प्रदेश |


बागमती प्रदेश प्रमुख शर्मा अस्वस्थ, काठमाडाैंमा उपचार हुँदै


शिवकुमार रिजाल काँशी
हेटौँडा, असोज १० गते । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ हुनुभएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित प्रमुख शर्माको अहिले काठमाडौँस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

संविधान दिवस मनाएपछि काठमाडौँस्थित गङ्गालाल हृदय केन्द्रमा भर्ना भई उपचार थाल्नु भए पनि चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शनिबार उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।

थप उपचारका लागि उहाँलाई आइतबार बिहानै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सारिएको उहाँका स्वकीय उपसचिव पारसमणि फुयालले जानकारी दिनुभयो । प्रमुख शर्माको स्वास्थ्य अवस्था शनिबारभन्दा आज आइतबार सुधार भएको स्वकीय उपसचिव फुयालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?