logo
२०८१ मंसिर १३ बिहीवार



सरकारीभन्दा सस्तो शुल्कमा पीसीआर परिक्षण गरिदैं

स्वास्थ्य |


सरकारीभन्दा सस्तो शुल्कमा पीसीआर परिक्षण गरिदैं


गोरखापत्र अनलाइन
काठमाडौं,असोज ११ गते । सरकारी प्रयोगशाला तथा अस्पतालभन्दा कम शुल्कमा पीसीआर परिक्षण गर्न पाईने भएको छ । ललितपुरस्थित ग्लोबल अस्पतालले ९५० रुपैंयामा पीसीआर परीक्षण सुरु गरेपछि सो सुविधा उपलब्ध भएको हो ।

ग्लोबल अस्पतालका मेडिकल डाइरेक्टर डा. उज्ज्वल ठाकुरले दशैं तिहारजस्ता चाडपर्वमा एक ठाउँबाट अर्को ठाउमा जानुपर्ने भएकोले अस्पतालले ९५० रुपैयामा पीसीआर परिक्षण गर्न लागेको बताउनुभयो । सरकारी शुल्कभन्दा कम शुल्कमा पीसीआर परिक्षण गरेर नाफाभन्दा पनि सेवामुलक काम गरेको जानकारी दिदै दशैमा घर जाँदा घरपरिवारमा कोभिड नसरोस् भन्ने उद्देश्यले कम शुल्कमा परिक्षण गर्न लागेको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजीमा दुई हजार र सरकारीमा एक हजार रुपैयाँ पीसीआर शुल्क तोकेको छ । डा. ठाकुरले सरकारीमा पीसीआर परिक्षण गराउन भिडभाड हुने र निजीमा महंगो भएका कारणले धेरैले परिक्षण गर्न नसकेको भन्दै आफूहरुले सरकारी शुल्कभन्दा सस्तोमा पीसीआर परीक्षण गर्न सुरुगरेको जानकारी दिनुभयो ।

ग्लोबल अस्पतालमा अवस्थित नोभा डाइग्नोष्टिकका प्रबन्ध निर्देशक डा.अजयजंग कुँवरले आफूहरुकोमा पीसीआर मेशिनदेखि त्यसमा प्रयोग हुने रिएजेन्ट सबै यूस एफडीए मान्यताप्राप्त भएकाले पीसीआरको नतिजा पनि सहि हुने बताउनुभयो ।

दशैंकाबेला आफूमा कोरोना छ छैन भन्ने थाहा पाएर ढुक्क भएर घर परिवासँग सबैले रमाइलो गर्न सकुन भनेर अस्पतालले सस्तो दरमा पीसीआर परिक्षण गर्न लागेको जानकारी गराउनुभयो । अस्पतालले कोभिडपछि देखिने पोष्ट कोभिड समस्या भएकालाई बिहान ९ बजेदेखि ५ बजेसम्म ओपीडीमा निःशुल्क परामर्श दिने घोषणा गरेको छ ।

वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले ग्लोबल अस्पताल अन्तर्गतको नोभा इन्टरनेशनल ल्याबमा नेपालमै हालसम्म नभएका प्रि न्याटल जेनेटिक स्क्रिनिङ, (जसले भ्रुण आमाको पेटमा राख्नुभन्दा पहिले नै उसमा केही सिन्ड्रोम छ की छैन भन्ने पत्ता लगाउँछ) गर्ने जानकारी दिनुभयो । यस्तै एनआइपीटी (बच्चा पेटमा आइसकेपछि उसमा कुनै वंशाणुगत रोग छ छैन पत्ता लगाउँछ) को पनि परिक्षण भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?