logo
२०८१ जेष्ठ २ बुधवार



हुम्लामा पूर्णं मात्राको खोप लगाउने जनसंख्या आठ हजार बढी

स्वास्थ्य |
प्रदेश |


हुम्लामा पूर्णं मात्राको खोप लगाउने जनसंख्या आठ हजार बढी


राजन रावत
हुम्ला असोज १५ । हिमाली जिल्ला हुम्लामा कोरोनाबिरुद्धको दुबै मात्राको खोप लगाउने संख्या आठ हजार बढी पुगेको छ । स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर मनबहादुर रावतकाअनुसार हालसम्म कोरोनाबिरुद्धको दुवै मात्राको खोप लगाउनेको संख्या आठ हजार १४९ पुगेको छ ।

तीन हजार ३८८ जनाले कोभिशिल्ड खोप लगाउनुभएको छ भने एक हजार ३८१ जनाले जोन्सन एण्ड जोन्सन र तीन हजार ३८० जनाले स्ट्राजेनिका लगाउने संख्या रहेको छ । त्यसैगरि स्ट्राजेनिका २२७ जनाले पहिलो मात्राको खोप लगाउनु भएको छ ।

उक्त खोप लगाउने लक्षित वर्गका सेवाग्राहीलाई दोस्रो मात्रा लगाउने कार्य पनि सुरु गरिएको उहाँले बताउनुभयो । ५५ वर्ष माथिका सतप्रतिशत नागरिकले कोरोनाबिरुद्धको दुबै मात्राको खोप लगाउने कार्य पुरा भएको रावतले बताउनुभयो ।

गर्भवती महिला, अपांङ्गता भएका नागरिक र कक्षा १२ को परीक्षार्थीहरु पनि रहनुभएको छ । दुबै मात्राको खोप लगाउने गाउँपालिकाअनुसार नागरिकहरुमा नाम्खामा एक हजार २२६, सिमकोटमा दुई हजार ९४, खार्पुनाथमा ७४७, सर्केगार्डमा ९२२, चंखेलीमा ४२५, अदानचुलीमा ४६१ र ताँजाकोटमा ६३२ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?