logo
२०८१ मंसिर ८ शनिवार



नागडाँडामा आधारभुत स्वास्थ्य केन्द्र निर्माण

स्वास्थ्य |
प्रदेश |


नागडाँडामा आधारभुत स्वास्थ्य केन्द्र निर्माण


अर्जुन काफ्ले
स्याङ्जा, असोज १६ गते । पुतलीबजार नगरपालिका ४ नागडाँडामा थालनी भएको ५ महिनामा आधारभुत स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको छ । स्थानीय नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नागडाँडामा आधारभुत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो ।

नगरपालिकाले २० लाख रुपियाँ लागनीमा नागडाँडा आधारभुुत स्वास्थ्य सेवा केन्द्र निर्माण गरेको बताएको छ । गत जेठ ५ गते पन्चासे निर्माण सेवासँग सम्झौेता गरी बनाइएको हो । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले विस्तारै सिंहदरवारका अधिकारहरु गाउँमा पुग्न थालेको बताउनुभयो । देश संघीयतामा गएसँगै जनताहरुले गाउँबाटै सेवा सुविधा पाउन सुरु गरेको क्षेत्रीको भनाई छ ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले नागडाँडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण गरेको बताउनुहुँदै नगरप्रमुख क्षेत्रीले आवश्यकताअनुसार सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, स्वास्थ्य कार्यालयका शाखा प्रमुख विष्णुप्रसाद शर्मा, जिल्ला समन्वय समितिका सदस्य गुमानसिंह थापा, नेकपा एमालेका नेता ठमनारायण शर्मा, नेपाली काँग्रेसका टिपबहादुर थापा, माओवादीका हिमलाल गौतम लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य केन्द्रका लागि जग्गा दान गर्नुहुने जग्गादाता चुणामणी पोखरेल र सेतीदेवी पोख्रेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?