logo
२०८१ बैशाख ३१ सोमवार



डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव, ३८ दरबन्दीमा २ जना कार्यरत

स्वास्थ्य |
प्रदेश |


डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव, ३८ दरबन्दीमा २ जना कार्यरत


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज १६ गते । संघीय सरकार अन्तर्गत रहेको सुदूरपश्चिमको डडेल्धुरा अस्पतालमा चिकित्सको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । डडेल्धुरा अस्पतालमा ३८ जना चिकित्सकको दरबन्दी भए पनि अहिले दुईजना चिकित्सकले सेवा दिइरहनुभएको छ ।

अस्पतालमा ५२ जना नर्सको दरबन्दी रहे पनि १८ जना नर्स स्थायी रहेको अस्पतालले जनाएको छ । बाँकी १४ जना चिकित्सक र ४० जना नर्सहरु करारमा राखेर उपचार सेवा दिनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको भौतिक संरचना तथा उपचारका लागि सिटी स्क्यान, ईको, इन्डोस्कोपि, सुविधा सम्पन्न ल्याब, फिजियोथेरापी, डिजिटल एक्सरे, आईसियु, डेन्टल लगाएका सेवाहरुको राम्रो व्यवस्थापन भएपनि ती उपकरणहरुको प्रयोग र रिर्पोट जाँच गर्ने दक्ष विशेषज्ञ नहुँदा सेवा प्रभावकारी हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग पटक पटक चिकित्सकको व्यवस्थापनको लागि माग गर्दैआएका छौं । तर माथिबाट नै कार्यान्वयन नहुँदा समस्या भएको हो ।’ डडेल्धुरा अस्पतालमा उपचारका लागि सवै सुविधा हुँदाहुदै पनि दक्ष विशेषज्ञको अभावमा धनगढी कैलालीका नीजि अस्पतालमा जानुपर्ने बाध्यता रहेको अमरगढी नगरपालिका ५ का मीनबहादुर थापाले बताउनुभयो ।

डडेल्धुरा अस्पतालमा सदुरपश्चिमका पहाडी जिल्लाबाट दैनिक १५० देखि २०० जना उपचारका लागि आउनेगरेको अस्पतालका सुचना अधिकारी टंकप्रसाद पन्तले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?