logo
२०८१ जेष्ठ ४ शुक्रवार



पूर्ण मास्क प्रयोगका लागि प्रदेश सरकारद्वारा मास्क अभियान शुरु

स्वास्थ्य |
प्रदेश |


पूर्ण मास्क प्रयोगका लागि प्रदेश सरकारद्वारा मास्क अभियान शुरु


धर्बेन्द्र झा
जनकपुरधाम, असोज १७ गते । नियन्त्रणको क्रममा रहेको कोरोना महामारीलाई पुनः फैलिन नदिन प्रदेश २ सरकारले पूर्ण मास्क प्रयोगको सुनिश्चित्ता गर्न आइतबारदेखि अभियान सञ्चालन शुरु गरेको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरको रमानन्द चौकमा आयोजना गरिएको एक कार्यक्रमवीच प्रदेश नं.२ का स्वास्थ्य निर्देशक विजय झाले मास्क नलगाएका यात्रीलाई मास्क वितरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

लाइफ नेपाल, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको सहजीकरण, युनिसेफको आर्थिक सहयोग र प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालयको आयोजनामा भएको सो कार्यक्रममा प्रदेश.२ का स्वास्थ्य निर्देशक विजय झाले चाडपर्व नजिकिदै जाँदा बजारमा मास्क अभियान सञ्चालन आवश्यक भएको बताउनुभयो । बजारमा भिडभाड बढेपनि सर्वसधारणले मास्क लगाउन छाडेको अवस्था देखिएपछि प्रदेश सरकारले गरेको निर्णय बमोजिम सबैलाइ मास्कको प्रयोग गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

कोरोना महामारी जोखिम अझै पनि कायमै रहेकाले उच्च सतर्कताका साथ सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले कोरोना महामारीको खतरा अझै नटरेकाले चाडपर्व मनाँउदा सबै सचेत हुनुपर्ने बताउनुभयो ।

अभियान अन्तर्गत पहिलो चरणमा प्रदेश २ को धनुषा, सप्तरी र पर्सा गरी तीन जिल्लामा मास्क, सेनिटाइजर वितरण गरिनुको साथै कोरोना संक्रमण हुनबाट जोगिन अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड बारेमा जनचेतना जगाउने कार्यक्रम रहेको लाइफ नेपालका सुरत ठाकुरले जानकारी दिनुभयो । अभियानको पहिलो दिन प्रदेश २ को राजधानी जनकपुरको विभिन्न ११ ठाँउमा १२५ जना स्वमसेवकले मास्क वितरण गर्नुको साथै सर्वसधारणलाई कोरोनाबारे जनचेतनामुलक सन्देशहरु प्रवाह गरेको स्वास्थ्य निर्देशक झाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?