logo
२०८१ जेष्ठ ८ मंगलवार



झाडाबान्ता प्रभावित क्षेत्र कृष्णनगरको पिउने पानीमा दिसाको जीवाणु फेला

स्वास्थ्य |
प्रदेश |


झाडाबान्ता प्रभावित क्षेत्र कृष्णनगरको पिउने पानीमा दिसाको जीवाणु फेला
सांकेतिक इन्टरनेट तस्विर


जानु पाण्डे
कपिलवस्तु असोज २१ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडाबान्ता प्रभावित क्षेत्रको पिउने पानीमा कोलिफर्म र इ–कोली फेला परेको छ ।

फेला परेका दुबै जिवाणु मानव मलमुत्रमा पाइने जीवाणु रहेको चिकित्सकको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तु प्रभावित क्षेत्रबाट संकलन गरेको पानीको नमुनामा कोलिफर्म भेटिएको कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएको धारा र ४० फुटदेखि माथि गाडिएका नल (चापाकल) को नमुनामा कोलिफर्म भेटिएको हो । सय फुट भित्र गाडिएको नल (हैण्डपम्प) मा भने जीवाणु फेला नपरेको बताइएको छ ।

संकलित नमुनाको बाणगंगामा रहेको प्रदेशस्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परीक्षण गरिएको थियो । समुदायबाट चार नमुना संकलन गरिएको बताइएको छ । ल्याबले दिएको जानकारीअनुसार अत्यधिक मात्रा कोलिफर्म र दिसामा पाइने जीवाणु फेला परेको घिमिरेले बताउनुभयो ।
रिपोर्टको पूर्ण विवरण आउन बाँकीरहेको उहाँले जानकारी दिनुभयो । कार्यालयले प्रभावित क्षेत्रबाट संकलन गरेको दिसाको नमुना परीक्षणको नतिजा बिहीवार रातीसम्म आउने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?