logo
२०८१ मंसिर १३ बिहीवार



कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रित हुन्छु : मन्त्री खतिवडा

स्वास्थ्य |


कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रित हुन्छु : मन्त्री खतिवडा


काठमाडौं, असोज २२ गते । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्री खतिवडाले आजै रामशाहपथस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभएको हो ।

मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने वातावरण उपलब्ध गराउने बताउनुभयो । “सकेसम्म धेरै जनताले सेवा सुविधा सहज ढङ्गले प्राप्त गराउने उद्देश्यका साथ मेहनत र इमान्दारीका साथ काम गर्ने छु”, उहाँले भन्नुभयो । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रीत हुने बताउनुभयो ।

मन्त्री खतिवडालाई स्वास्थ्यसचिव डा रोशन पोखरेल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।

विसं २०१५ फागुन १० गते मकवानपुरको गढी गाविस ९हाल हेटौँडा–१७, हटिया, राजदेवी० मा जन्मनुभएका खतिवडा मकवानपुरबाट २०४८ सालदेखि नै संसदीय निर्वाचनमा निर्वाचिन हुँदै आउनुभएको छ । उहाँले २०४८ साल, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको छ । पछिल्लो पटक उहाँ मकवानपुर क्षेत्र नं २ बाट २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको हो ।

भुटनदेवी माविबाट २०३३ सालमा एलएलसी उत्तीर्ण गर्नुभएका उहाँले नेपाल ल क्याम्पसबाट कानून सङ्कायमा स्नातक उत्तीर्ण गर्नुभएको छ । भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उहाँ २०३५र०३६ सालमा मकवानपुर जिल्लाको पार्टी जिल्ला कमिटीमा रहनुभएको थियो ।

विसं २०४० सालअघिसम्म भूमिगत राजनीतिमा सक्रिय उहाँ २०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा जनपक्षीय उम्मेदवार बन्नुभएको थियो । हाल नेकपा ९एकीकृत समाजवादी० स्थायी कमिटी सदस्य रहनुभएका उहाँले तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रही भूमिका निर्वाह गरिसक्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?