logo
२०८० चैत्र १६ शुक्रवार



दशैँमा हाेसियारपूर्वक खानपान गर्न आवश्यक : पाेषणविद्

स्वास्थ्य |
पढ्नै पर्ने |
समाज |


दशैँमा हाेसियारपूर्वक खानपान गर्न आवश्यक : पाेषणविद्


काठमाडौं, असोज २३ गते । दशैँ नजिकिँदै छ । दशैँको धार्मिक, सामाजिक पक्ष र महत्व आफ्नै ठाँउमा छ, यसको सांस्कृतिक पक्ष पनि छ ।

खासगरी, आफन्तहरुसँग बसेर रमाइलो गर्ने, टीका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिने एउटा महत्वपूर्ण अवसर पनि हो, दशैँ पर्व । त्यस्तै, दुःख गरेरै भए पनि मिठो मसिनाे खानुपर्ने रुपमा सदियौँदेखि दशैँलाई लिइदैँ आएको छ ।

दशैँ लागेसँगै हाम्रो खानपानमा समेत परिवर्तन आउँछ । विशेषतः विभिन्र परिकार तथा मासुजन्य पदार्थको प्रयोग यस समयमा बढी हुने गर्दछ । अरु समयमा भन्दा दशैँमा खसी, बोका तथा च्याङ्ग्राको माग पनि अत्याधिक हुनेगर्छ ।

हाम्रो समाजमा दशैँको समयमा ऋण काढेरै भए पनि मासु जोहो गर्ने चलन छ । मानिसहरु दशैँको चाडलाई माछा मासुसँग पनि जोडेर हेर्छन् । यसैले दशैँ भन्ने बित्तिकै मासु र यसका परिकारले धेरैको मुख रसाउँछ । पौष्टिक दृष्टिकोणले माछा मासु पौष्टिक वस्तु हो ।

मासु आफैँमा पनि चिल्लो पदार्थ हो तर यसलाई तेलमा लपक्क पकाउँदा चिल्लो पदार्थको मात्रा अत्यधिक हुने गर्दछ । तर, आवश्यकता भन्दा बढी खाएमा यसले नकारात्मक असर गर्न थाल्दछ ।

स्वस्थ मानिसले कति मात्रा मासु खाने भन्ने कुरा नबुझ्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको छ । पोषणविद् डा. उत्तम आचार्यले दशैँको समयमा माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ । मासु आफैँमा पनि चिल्लो पदार्थ बढी भएको खाद्य पदार्थ भएकाले धेरै तेलमा पकाएर खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न सक्ने उहाँले बताउनुभयो ।

स्वास्थ्यको लागि रातो मासु भन्दा सेतो मासु बढी स्वस्थकर भएको कारणले सकेम्म कुखुरा तथा पंक्षीजन्यको मासु प्रयोग गर्नु उपयुक्त हुने उहाँ बताउनुहुन्छ । मासु कतिमात्रामा खाने भन्नेकुरा उमेरका आधारमा निर्भर रहने भएकाले कम उमेर समूहकाले भन्दा दीर्घरोगी, मोटोपना बढी भएका तथा ज्येष्ठ नागरिकहरुले कम खान उहाँले सुझाउनुभएको छ ।

मासुसँगै मदिरा पनि खाने गरेका कारण यसले मुटुको पनि समस्या निम्त्याउन सक्ने आचार्यको भनाइ छ । ‘दशैँको बेला मानिसहरुले अन्य सागसब्जीहरु कम खाने तर मासु बढी खाने गर्दछन्, त्याे गलत हो, बेलाबेला फलफूल र सागसब्जी पनि खानुपर्दछ ’, उहाँले भन्नुभयो । खसी, बोकाको तुलनामा माछाको मासु स्वस्थकर मानिने उहाँको भनाइ छ । मासुलाई लामो समय फ्रिजमा राखेर प्रयोग गर्दा यसले असर गर्ने भएकाले स्वच्छ मासु मात्र प्रयोग गर्न पनि उहाँको आग्रह छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?