logo
२०८१ जेष्ठ ६ आईतवार



कोभिड विरामी आउन छाडेपछि खाली भए आइसोलेसन

स्वास्थ्य |
प्रदेश |


कोभिड विरामी आउन छाडेपछि खाली भए आइसोलेसन
फाइल तस्बीर


प्रेमराज सिम्खडा
कालीकोट, असोज २४ गते । कोरोना सङ्क्रमणका बिरामीका लागि वनाइएका आइसोलेसन खाली भएका छन । जिल्ला सदरमुकामसँगै बिभिन्न स्थानीय तहमा निर्माण गरिएका आइसोलेसन विरामी नभएपछि रित्तीएका हुन् ।

कोरोनाका बिरामी आउन छोडेपछि आइसोलेसन रित्तीएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक डाक्टर रत्नबीर सुनारले कोरोना बिरामीको संख्या कोभिड अस्पतालमा सुन्यमा झरेको वताउनुभयो ।

जिल्लामा रहेको कोभिड अस्पतालमा बिरामी कोही नभएको र स्थानीय तहले वनाएका आइसोलेसनमा पनि बिरामी नभएकापछि सबै आइसोलेसन खाली भएको उहाँले वताउनुभयो । होम आइसोलेसनमा सात जना कोरोनाका बिरामी अझै रहेको उहाँले जानकारी दिनुभयो ।

डाक्टर सुनारले विरामी स्वास्थ्यक्रर्मीको निगरानीमा रहेको जानकारी दिनुभयो । जिल्ला सदरमुकाम समेत भएकाले कोभिड अस्पतालसँगै खाँडाचक्र नगरपालिकाले निर्माण गरेको ४० वेडको आइसोलेसनमा पनि बिरामी नभएको उहाँले बताउनुभयो ।

खेलकुद बिकास समितिको मिनि कवर्डहलमा निर्माण गरिएको आइसोलेसन दवाफकाबीच एक महिना आगाडि खाली गरिएको थियो । नगरका स्टोर शाखा प्रमुख भक्तीप्रसाद पाण्डेले खेलकुद विकास समिति र खेलाडीले आफुलाई खेल खेल्न समस्या भएको भन्दै पटक पटक खाली गर्न दवाफ दिएका कारणले खाली गरिएको वताउनुभयो ।

वेडवाहेक अरुमा नगरपालिकाले झण्डै पाँच लाख रुपियाँ खर्च गरेर कवर्डहलभित्र ४० वेडको सुबिधा सम्पन्न आइसोलेसन निर्माण गरेको थियो । बिरामीका लागि वनाएका वेड भने कोभिड अस्पतालका हुन ।

कालीकोटमा हालसम्म जम्मा सङ्क्रमितको संख्या दुई हजार २१७ छ । ५७३ जनाको पीसीआर एक हजार ६४४ जना एन्टिजेन परिक्षणवाट कोरोना पुस्टी भएका थिए । हालसम्म निको भएर जानेको संख्या दुई हजार २०३ जना छन् । सात जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?