logo
२०८१ मंसिर १३ बिहीवार



चौविस घण्टामा २७२ जना नयाँ संक्रमित थपिए, आठ जनाको मृत्यु

स्वास्थ्य |


चौविस घण्टामा २७२ जना नयाँ संक्रमित थपिए, आठ जनाको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २९ गते । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ९२ वटा आरटीपीसीआर परीक्षण गर्दा २४० र दुई हजार ६२० वटा एन्टीजेन परीक्षण गरिएकोमा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.९ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ७७७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?