काठमाडौं, कार्तिक ५ गते । कोभ्याक्स सुविधामार्फत एक लाख डोज फाइजर कोरोना खोप नेपाल आउने भएकाे छ । अमेरिकाले काेभ्याक्स सुविधामार्फत उक्त खाेप अर्काे सातासम्म नेपाललाई उपलब्ध गराउने स्वास्थ्य सेवा विभाव खोप शाखा प्रमुख डाक्टर सागर दाहालले गाेरखापत्र अनलाइनलाई बताउनुभयो ।
'अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधामा एक लाख डोज फाइजर खोप कार्तिक ७ वा ८ गतेसम्म नेपाल आइपुग्छ,' उहाँले भन्नुभयाे । यो खोप यही कार्तिक १८ गतेदेखि १२ वर्षमाथिका दीर्घ राेगीहरुलाई लगाइने उहाँले बताउनुभयाे ।