logo
२०८१ मंसिर १३ बिहीवार



काठमाडौंका आठ नगरपालिकामा मङ्गलबारदेखि एस्ट्राजेनिकाको दोस्रो खोप लगाइने

स्वास्थ्य |


काठमाडौंका आठ नगरपालिकामा मङ्गलबारदेखि एस्ट्राजेनिकाको दोस्रो  खोप लगाइने



काठमाडौं,कार्तिक ८ गते । काठमाडौंका आठ वटा नगरपालिकामा मङ्गलबारदेखि एस्ट्राजेनिकाको दोस्रो मात्रा खोप लगाइने भएको छ । आज जिल्ला स्वास्थ्य कार्यालयले एक सूचना जारी गर्दै काठमाडौका आठ वटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकाहरुलाई भोलिदेखि दास्रो डोज खोप दिइने भएको हो ।
उक्त सूचना अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइनेछ ।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।
यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछ भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको हकमा कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने पनि सूचनामा जनाइएको छ ।
खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?