logo
२०८१ मंसिर १३ बिहीवार



अमेरिकाबाट ल्याइएकाे फाइजर खाेप टेकुमा भण्डारन, तालिम दिएर मात्र लगाउन थालिने

स्वास्थ्य |


अमेरिकाबाट ल्याइएकाे फाइजर खाेप टेकुमा भण्डारन, तालिम दिएर मात्र लगाउन थालिने
तस्बिर: सुजन गुरूङ्ग


काठमाडौं,कात्तिक ८ गते । सोमबार बिहान नेपाल ल्याइएकाे एक लाख ६२० डोज फाइजर खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ ।कोभ्याक्स सुविधा मार्फत अमेरिकी अनुदानमा नेपाल ल्याइएकाे उक्त खोपलाई माइनस ८० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गरिएको खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो ।
नेपालमा ल्याईएका अरु एक्ट्राजेनिका,जोनसोन एण्ड जोनसोन ,भेरोसेल र कोभिसिल्डको तुलनामा यसलाई कम तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले खोप केन्द्रमा पुर्याउनु अघि केन्द्रीय खोप भण्डारणमा राखिएको उहाँको भनाइ छ ।
यो खोप कार्यक्रम पनि केहि फरक हुने भएकाले जनशक्तिलाई तालिम प्रदान गरेर मात्र खोप कार्यक्रम सञ्चलन गरिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?