logo
२०८१ बैशाख ७ शुक्रवार



मौसमी फ्लूका बिरामी बढे, राजधानीका अस्पतालमा चाप बढ्याे

स्वास्थ्य |


मौसमी फ्लूका बिरामी बढे, राजधानीका अस्पतालमा चाप बढ्याे


काठमाडौं,कात्तिक १० गते । बर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी पनि बढ्दै गएको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ । जसका कारण पछिल्ला दिनमा उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा पनि वृद्धि भएको पाइएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि केही दिन यता ननकोभिडका विरामीको संख्या वृद्धि भएको छ । अस्पतालका डाक्टर निरज बमले दिएको जानकारी अनुसार दिनमा औषतमा एकसय जनाको दरले मौसमी खालका बिरामीहरु उपचारका लागि आफूकहाँ आउने गरेको बताउनुभएको छ ।
यसरी बिरामीहरु उपचारका लागि आउँदा बेड अभाव भएकाले एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको उहाँको भनाइ छ । अहिले बेड अभाव रहेकाले औषधि सेवन गरेर घरमै बस्ने प्रकृतिका बिरामीहरुलाई औषधि दिएर घर पठाइएको उहाँ बताउनुहुन्छ ।
अस्पतालको आकस्मिक कक्ष पनि नन कोभिडका बिरामीले भरीएको उहाँले सुनाउनुभयो ।
यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले पनि हिउँदयाम लागेसँगै मौसमी खालका बिरामीहरु बढेको बताउनुभएको छ । अस्पतालमा आउने बिरामीहरुमा रुघा,खोकी,ज्वरो सँगै डेंगुका विरामी पनि आउने गरेका उहाँले सुनाउनुभयो ।
बर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फुल पार्ने भएका कारण पनि अहिले डेंगु रोगको जोखिम रहेको बताउनुभयो । अस्पतालमा आउने सरदर विरामीहमा चार –पाँच जनाका दरले विरामीहरु बढेका बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?