logo
२०८१ मंसिर ८ शनिवार



घरदैलोमा आँखा शिविरः ज्येष्ठ नागरिक खुसी

स्वास्थ्य |
प्रदेश |


घरदैलोमा आँखा शिविरः ज्येष्ठ नागरिक खुसी


अमरराज नहर्की
तनहुँ, कात्तिक १२ गते । तनहुँको व्यास नगरपालिकाले ज्येष्ठ नागरिकका लागि घरदैलोमा नै विशेषज्ञ डाक्टरसहितको आँखा शिविर आयोजना गर्दा जेष्ठनागरिक लाभान्वित भएका छन् । आँखा शिविर सञ्चालन भएपछि ज्येष्ठ नागरिक खुसी हुनुभएको छ ।

आँखाको बिरामी भएकालाई आँखा अस्पतालसम्म पुगेर उपचार गर्न समस्या पर्ने गरेकोमा यस प्रकारको आँखा शिविरले राहत पु¥याएको ज्येष्ठ नागरिक मिलन केन्द्र तनहुँका अध्यक्ष देवनिधी पन्तले बताउनुभयो ।

शिविरको व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानले उदघाटन गर्नुहुँदै जेष्ठ नागरिकहरुमा आँखाको समस्या हुने भएकाले सेवा सहज रुपल गर्न आँखा शिविर आयोजना गरिएको बताउनुभयो । व्यास नगरपालिकाको ५ वटा वडा ६, ७, ८, ९, र १० शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सोहीअनुसार भोली शनिबार ४ वटा वडा ११, १२, १३ र १४ को नागरिकको आँखा जाँच गरिने नगरपालिकाले जनाएको छ । शिविरमा हिमालय आँखा अस्पतालका डा. धमेन्द्र शाहको नेतृत्वमा नेत्र सहायकहरु प्रतिक्षा वास्तोला, मिलन क्षेत्री, अञ्जली भुषाल, विशाल थापा, आशिष क्षत्री उपचार गरिरहनु भएको छ ।

शिविरमा पहिलो दिन १५५ महिला र १२१ जना पुरुष गरी २७६ जना लाभान्वित भएको नगरपालिकाका उपसचिव नगेन्द्रप्रसाद रेग्मी जानकारी दिनुभयो । शिविरमा १६ जनामा मोतिया बिन्दुको समस्या देखिएकाले अप्रेशन गरिने र अप्रेशन गर्दा लाग्ने सबै खर्च नगरपालिकाले व्यहोर्ने उहाँले जानकारी दिनुभयो । शिविरमा ६० वर्ष कटेका जेष्ठ नागरिकको उपचार गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?