logo
२०८१ मंसिर १३ बिहीवार



स्वास्थ्य सेवामा कपिलवस्तु प्रदेशमै उत्कृष्ट

स्वास्थ्य |
प्रदेश |


स्वास्थ्य सेवामा कपिलवस्तु प्रदेशमै उत्कृष्ट


जानु पाण्डे
कपिलवस्तु, कात्तिक १२ गते । स्वास्थ्य सेवामा सुधार आएपछि कपिलवस्तुका २ अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट घोषणा भएका छन् । न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनको आधारमा जिल्लाका २ स्वास्थ्य संस्था र २ स्वास्थ्यकर्मी सम्मानित हुनुभएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले वार्षिक प्रगतीको मूल्याङ्कन गर्दै कपिलवस्तु आयुर्वेद अस्पताल तौलिहवालाई प्रदेशको प्रथम घोषणा गरेको छ । यसैगरी जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पताल प्रदेशमा दोस्रो स्थान प्राप्त गरेको छ । दुवै अस्पताललाई सम्मानपत्रका साथ सम्मानित गरिएको छ । लुम्बिनी प्रदेशका १३ अस्पताल र ११ आयुर्वेदसँग सम्बन्धित संस्थाको मूल्याङ्कन गरिएको थियो ।

यसैगरी झाडापखाला प्रकोप नियन्त्रणमा उत्कृष्ट व्यवस्थापन गरेबापत जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डे, शिवराज अस्पतालका मेसु डा. मुकेशसिंह चौधरी समेत सम्मानित हुनुभएको छ । पाण्डे र चौधरीले असोज १८ गतेदेखि जिल्लाको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणको लागि सफलतापूर्वक काम गर्नुभएको थियो ।

झाडा पखाला उपचारकालागि आराम नगरी निरन्तर ३ दिन खटेका चिकित्सक चौधरीले सरकारले गरेको मूल्याङ्कनले सकारात्मक उत्प्रेरणा जगाएको बताउनुभयो । गत वर्ष मात्र ५० शैयामा अस्पताल स्तरोउन्नति भएको थियो । कामको मूल्याङ्कन गर्दै प्रदेशमै स्थान बनाउन सफल भएकोमा अस्पताल विकास समितिका अध्यक्ष खुम आचार्यले अस्पतालका स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?