logo
२०८१ मंसिर ८ शनिवार



दोलखामा मेडिकल कलेज स्थापनाका पहल

स्वास्थ्य |
प्रदेश |


दोलखामा मेडिकल कलेज स्थापनाका पहल


बाबुराम शर्मा
चरीकोट, कात्तिक १४ गते । दोलखाको भीमेश्वर नगरपालिका– ६ मा सञ्चालित च्छोरोल्पा जनरल अस्पताल प्रालिले यहाँ मेडिकल कलेज स्थापनाका लागि पहल सुरु गरेको छ ।

सबैकानिम्ति अति आवश्यक स्वास्थ्य सेवा मजबुत बनाउन मेडिकल कलेज स्थापनाको पहल सुरु भएको हो । जिल्लाका नेता तथा सम्बन्धित निकायसँग भएको छलपल तथा परामर्शबाट सकारात्मक कुरा आएका समाजसेवी एवम अस्पताल सञ्चालक पृथ्वीबहादुर श्रेष्ठले बताउनुभयो ।

सबैको हितकालागि उठाइएको कदम भएकाले कसैले पनि नकार्ने कुरै आउँदैन उहाँले भन्नुभयो, “माथिल्लो स्तरमा पनि प्रक्रिया अघि बढेको छ । पूर्वाधारका लागि आवश्यक पर्ने दुईसय रोपनी जग्गाको खोजविन सुरु भएको छ ।”

चरीकोट बजारमा मात्र सरकारीसहित तीन वटा अस्पताल सञ्चालनमा छन् । अस्पताल सञ्चालक श्रेष्ठले भन्नुभयो, “जिरी नगरपालिकामा जिल्ला अस्पताल सञ्चालनमा छ । कालिञ्चोक गाउँपालिकमा सिँगटी अस्पताल सञ्चालनमा रहेको छ । अरु छ वटा स्थानीय तहमा पनि अस्पताल सञ्चालन गर्न पहल सुरु भएको बताइएको छ । कोभिड अस्पताल पनि अहिले सञ्चालनमा छन् ।

५५ शय्याबाट एकसय शैय्याको बन्ने अन्तिम तयारी भएको अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालको पाँच रोपनी जग्गामा आप्mनै भवन बनिसकेको छ । जटिल खाले शल्याक्रिया सेवाकालागि पूर्वाधार तयार भई चिकित्सकको व्यवस्थाका लागि सूचना आह्वान भएको श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा छ जना चिकित्सक, २० जना नर्स रहेका छन् । अस्पतालले नर्सिङ कजेल पनि सञ्चालनमा ल्याएको छ । सहज तथा शुलभ सेवा प्रदान गर्न मध्यपुर थिमी भक्तपुर अस्पतालसँग समन्वय गरेको बताएको छ । अस्पतालले हप्तामा एक पटक निःशुल्क जाँच तथा परामर्श शिविर सञ्चान गदैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?