काठमाडौं,कात्तिक १४ गते। नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनिका खोप आइतबार नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट केहीबेर अघि खोप काठमाडौं आईपुगेको स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो ।
उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा रखिने उहाँले बताउनुभयो । खोपलाई केहीदिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाईने ढुङ्गानाले बताउनुभयो । यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिड विरुद्धको खोप आईसकेको छ ।