logo
२०८१ बैशाख १२ बुधवार



कोरोना सङ्क्रमण घट्दै, विश्वमा नेपाल ४५औं स्थानमा

स्वास्थ्य |


कोरोना सङ्क्रमण घट्दै, विश्वमा नेपाल ४५औं स्थानमा


काठमाडौं,कात्तिक १६ गते । सन् २०१९ को डिसेम्बर महिनाको अत्यतिर चीनको वुहानबाट सुरु भएको कोभिड–१९(कोरोना सङ्क्रमण) अहिले विश्वका २२३ देशमा फैलिसकेको छ । वल्डओमिटरले जनाए अनुसार अहिलेसम्म विश्वमा कोरोनाभाइरस सङ्क्रमणबाट २४ करोड ७८ लाख ६७ हजार १५० जना सङ्क्रमित ,५० लाख २० हजार ६९५ जनाको मृत्यु भैसकेको छ । भाइरस सङ्क्रमण भएर २२ करोड ४५ लाख ५९ हजार ९४८ जना निको भैसकेका छन् ।
विश्वभरमा अहिले कोरोना भाइरसका अल्फा,डेल्टा,बिटा,गामा र कप्पा भेरियन्ट देखिइसकेका छन्। अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । अमेरिकामा अहिलेसम्म चार करोड ६८ लाख २३ हजार ९३८ जना सङ्क्रमित भएका छन् । मृत्यु सङ्ख्या पनि अमेरिकामै सबैभन्दा बढी छ । अहिलेसम्म अमेरिकामा सात लाख ६६ हजार २९९ जनाको कोभिडकै कारण मृत्यु भइसकेको वल्डओमिटरले जनाएको छ । अमेरिकापछि धेरै सङ्क्रमित भएका देशहरुमा भारत, ब्राजिल, बेलायत, रुस, टर्की र फ्रान्स मुख्य छन् ।
सङ्क्रमण फैलिएका विश्वका २२३ देशमध्ये नेपाल धेरै सङ्क्रमित हुने देशहरुमध्ये ४५ औँ स्थानमा र छ । अहिलेसम्म नेपालमा आठ लाख १२ हजार ५७० जना कोरोना भाइरसका सङ्क्रमित भैसकेका छन् भने ११ हजार ४०७ जनाको सङ्क्रमणकै कारण मृत्यु भैसकेको छ ।
पछिल्ल्ला दिनमा नेपालमा सङ्क्रमण दर घटे पनि मृत्यु दरमा भने कमी आएको छैन । सोमवार मात्रै ४४१ जना कोरोना सङ्क्रमित भेटिँदा नौ जनाको मृत्यु भएको छ ।
यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बाँस्तोलाले पछिल्लो समयमा आठ–दश जनाको हाराहारीमा मानिसको मृत्यु भैरहनु पुराना आइसोलेसनमा रहेका मानिस भएको बताउनुभयो । “दुई महिना अघि आइसोलेसनमा रहेका मानिसको अहिले मृत्यु भएको देखिएको छ,यसकारण पछिल्लो समयमा भएका मानिस अधिकांश डिस्चार्ज भैरहेका छन्,” उहाँले भन्नुभयो ।
कोभिड विरुद्धको खोपले तीव्रता पाइरहेको र दोस्रो लहरमा संक्रमित भएका अधिकांश मानिसमा प्राकृतिक एन्टिबढी विकास भएकाले अहिले सङ्क्रमित भएकाको अवस्था गम्भीर नरहेको बताउनुभएको छ । अहिले वास्तवमै सक्ङ्रमण घट्दै जान थालेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?