काठमाडौं, कात्तिक १९ गते । पछिल्लो २४ घण्टामा १७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ३०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, दुई हजार ५३७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.६प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ ।
त्यस्तै नेपालमा हाल आठ हजार ४१३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।