logo
२०८१ मंसिर १२ बुधवार

  दृश्य समाचार  



ट्याटुप्रति बदलिँदै सामाजिक दृष्टिकोण

स्वास्थ्य |


ट्याटुप्रति बदलिँदै सामाजिक दृष्टिकोण


सपना थामाी, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग 
काठमाडौं, कात्तिक २१ गते । ट्याटु आर्टिस्ट् अन्जित राई विगत नौ वर्षदेखि ट्याटु खोप्ने काम गर्दै आउनुभएको छ । कस्मेटिक र फेसनको रुपमा बुझिने ट्याटु बनाउन उहाँ कलेज पढ्दाताका देखिनै सिक्दै आउनुभएको थियो । राईको आफ्नै शरीरको अगाडि भागमा आमा, बुवाको र पछाडि भागमा सरस्वति देवीको ट्याटु खोप्नुभएको छ ।


पहिला फटाहा र सुकुल गुण्डाहरुले मात्रै ट्याटु खोप्छन् भन्ने सामाजिक दृष्टिकोण अहिले विस्तारै परिवर्तन हुँदै गएको उहाँ बताउनुहुन्छ । ट्याटुको क्षेत्रमा हुने गरेको अन्तर्राष्ट्रिय सम्मेलनले पनि ट्याटुप्रतिको दृष्टिकोण बदल्न सहयोग पु¥याएको छ ।
आफ्नो शरीरमा ट्याटु बनाउन २० देखि ३५ वर्ष उमेर समूहका युवाहरु बढी आकर्षित हुने गरेको राईको अनुभव छ । केटीहरु स–सानो ट्याटु बनाउने र केटाहरु भने ठूलो–ठूलो डिजाइनको ट्याटु बनाउन खोज्छन् । सबैभन्दा सानो ट्याटु बनाएको दुई हजार रुपैयाँ र यसबाहेक प्रत्येक घण्टाको तीनदेखि पाँच हजार रुपैयाँसम्म लाग्ने उहाँ बताउनुहुन्छ ।
यता छाला रोग विशेषज्ञ पनि ट्याटुलाई नकरात्मक दृष्टिकोणबाट मात्रै हेर्न नहुने तर्क राख्छनुहुन्छ ।  छाला रोग विशेषज्ञ डा.प्रज्वल पुडासैनी महिलाहरुको स्तन क्यान्सरमा ट्याटु शैलीमा रेडियसन थेरापी दिइने बताउनुहुन्छ । तर, ट्याटु खोप्दा श्वासप्रश्वासमा समस्या आएर बेहोस समेत हुनसक्ने खतरा भने छ । ट्याटु खोपेपछि पनि चिलाउने, सुन्निने, पोल्ने र डाबर आउने जस्ता एलर्जीहरु देखिन सक्छन् । यसका लागि एन्टिबायोटिकहरु प्रयोग गर्न सकिने र तीनदेखि चार पटकसम्म मोस्चराइजरको प्रयोग गर्नुपर्ने सुझाव उहाँको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?