logo
२०८१ मंसिर १२ बुधवार



आँखाको निःशुल्क शल्यक्रिया

स्वास्थ्य |


आँखाको निःशुल्क शल्यक्रिया


फुङ्लिङ, मङ्सिर १ गते । नेत्र ज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएको छ ।

डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङमा सञ्चालित शिविरको सहयोगी संस्थाका रुपमा सानिमा बैंक रहेको केन्द्रका इन्चार्ज काजिमान गुरुङले बताउनुभयो ।

आँखाको उपचार गर्नका लागि दुई–तीन दिन लगाएर विभिन्न दुर्गम गाउँहरुबाट आँखा उपचार केन्द्रमा आएर निःशुल्क सेवा लिएको केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?