logo
२०८१ मंसिर १२ बुधवार



चार सयजना मोतियाविन्दुका विरामीकाे निःशुल्क शल्यक्रिया

स्वास्थ्य |


चार सयजना मोतियाविन्दुका विरामीकाे निःशुल्क शल्यक्रिया
मोतियाविन्दुको निःशुल्क शल्यक्रियापछि । तस्बिर - विजयकुमार साह



विजयकुमार साह
ढल्केवर, मङ्सिर ३ गते । धनुषाको ढल्केवरस्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले चार सयजना मोतियाविन्दुका निःशुल्क शल्यक्रिया गरेको छ । अस्पतालले मङ्सिर १ देखि ३ गतेसम्म सञ्चालन गरेकोे निःशुल्क शल्यक्रिया शिविरमा त्यतिको सङ्ख्यामा मोतियाविन्दुको रोगीको शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया शिविर सञ्चालन गर्नु अघि रेयुकाई मासुनागा आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले कार्तिक महिनामा क्षीरेश्वरनाथ र मिथिला नगरपालिकाको विभिन्न १२ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । सो क्रममा करिब दुई हजार चार सय जनाको आँखा परीक्षण र उपचार गरिएकोमा आठ सय जनामा मोतियाविन्दुको रोग देखिएको थियो ।

त्यसबेला मोतियाविन्दु पत्ता लागेका विरामीमध्ये चार सय जनाको तीन दिनसम्म रेयुकाई आँखा अस्पताल ढल्केवरस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको दृष्टि बिशेषज्ञ सुभाषचन्द्र यादवले जानकारी दिनुभयो । उहाँले शिविरमा आउने सबैको शल्यक्रिया गरिने भन्नुभयो ।

रेयुकाई मासुनागा आँखा अस्पतालले विगतदेखि नै मोतियाविन्दु न्यूनीकरण अभियान सञ्चालन गर्दै आएको छ । सो अभियानबाट यहाँका हजारौं मोतियाविन्दुका विरामी लाभान्वित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?