logo
२०८१ मंसिर १२ बुधवार



भेरी अस्पतालमा थप एक संक्रमतिको मृत्यु

स्वास्थ्य |


भेरी अस्पतालमा थप एक संक्रमतिको मृत्यु
संक्रमितको शव व्यवस्थापन गर्दै सेनाको टोली । तस्बिर : सिराज खान


नेपालगञ्ज, मङ्सिर ४ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा थप एक संक्रमतिको मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकोले भेरी अस्पताल भर्ना रहनु भएका तुलसीपुर उपमहानगरपालिका–६ दाङका ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले मङ्सिर १ गते ती पुरुष भेरी अस्पताल भर्ना गरिएकोमा उनको अवस्थामा सुधार नआउँदा मृत्यु भएको बताउनुभयो ।

योसँगै कोरोनाबाट संक्रमति भएर बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गराउन आएका मध्ये मृत्यु हुनेको संख्या ४३२ पुगेको छ । कोरोनाल बाँके जिल्लाका मात्र ३४० जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?