logo
२०८१ मंसिर १२ बुधवार



बाँकी करिब २८ सय मात्र फाइजर खोप बालबालिकालाई आजबाट दिइँदै

स्वास्थ्य |


बाँकी करिब २८ सय मात्र फाइजर खोप बालबालिकालाई आजबाट दिइँदै


काठमाडाैं, मङ्सिर ५ गते । कोभिडविरुद्धको बचेको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिन थालिएको छ
कार्तिक २८ गतेदेखि हिजोसम्म यो खोप १२ बर्ष देखि १८ सम्मका दीर्घरोगीलाई दिइँदै आएको थियो ।
बाँकी रहेको खोप आजबाट १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिन लागेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयो ।
खोप मौज्दात कम भएकोले खोप करिब २८ सय बालबालिकालाई दिने खोप शाखाले जनाएको छ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौँ उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकी गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो ।
यसको दोस्रो मात्रा ४ सातापछि अर्थात २७ मङ्सिरदेखि पुस २ गतेसम्मका लागि तय गरिएको छ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?