सलिम मियाँ
बिजुवार(प्यूठान) मंसिर ७ गते । प्यूठानका एक लाख नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । प्यूठानका नौ वटा स्थानीय तहका जम्मा दुई लाख ४३ हजार १८६ जना नागरिक मध्ये १८ वर्ष माथि उमेरका एक लाख १७६ जनालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । यही मंसिर ९ देखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा र एस्ट्राजेनिका र भेरोसिल खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई दोस्रो मात्रा खोप लगाइने भएको हो।
जिल्लाभरका २७० केन्द्रमार्फत् खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रमुख खड्काले खोप अभियानका लागि कुल ८१० जना स्वास्थ्यकर्मीसहित स्वयंसेवकको टोली परिचालन हुने बताउनुभयो । उहाँका अनुसार जिल्लामा आवश्यक खोप ल्याइसकिएको र बुधबार साँझ सम्म सबै स्थानीय तहका स्वास्थ्य संस्था सम्म खोप पु¥याइनेछ।
हालसम्म प्यूठानमा एक लाख १५ हजार ६०२ जनाले खोप लगाएका छन् ५५ हजार ३७८ जनालाई पूर्ण खोप अर्थात् दोस्रो खोप समेत लगाइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।