logo
२०८२ जेष्ठ २७ सोमवार



थप उपचारका लागि नेता पुनलाई चीन लगियो

स्वास्थ्य |
राजनीति |


थप उपचारका लागि नेता पुनलाई चीन लगियो


काठमाडौँ, मङ्सिर १० गते । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट शुक्रबार चीन लगिएको छ ।

माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहनुभएका दुर्गा चापागाईंका अनुसार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

विगत डेढ महिनादेखि उहाँको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित हुनुभएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो ।

नेता पुनसँगै उहाँका पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन जानुभएको छ । उहाँहरुको आजैदेखि स्वास्थ्य उपचार हुनेछ ।

जण्डिसले पिरोलेपछि नेता पुन गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईले बताउनुभयो । यसअघिसमेत उहाँको उपचार थाइल्याण्डमै भएको थियो ।

स्वास्थ्यमा समस्या भएपछि असोज १२ गते पुनलाई उपचारका लागि थाइल्याण्ड लगिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?